× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिकाले पालिका भित्र गर्भ जाँच गराउँदा अण्डा उपहार दिने

    २ वर्ष पहिले

    असार-१३, चितवनको इच्छाकामना गाउँपालिकाले पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ।

    गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताए।

    गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेटिएको गर्भवती महिला स्वास्थ्य पोषण कार्यक्रमको लागि चार लाख रुपैयाँ बजेट विनियोजनसमेत गरिएको उपाध्यक्ष सिलवालले बताए।

    उनका अनुसार उक्त कार्यक्रमअनुसार प्रत्येक पटक गर्भवती जाँच गराउँदा एक क्यारेट अण्डा उपलब्ध गराइने छ। यसैबीच गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने उपाध्यक्ष सिलवालले बताए।

    उनका अनुसार सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर तथा ल्याब सञ्चालन गर्ने, किशोरकिशोरीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नाका साथै खोप, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जनस्वास्थ्यसँग सम्बन्धित आधारभूत सेवा सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वंयसेविकालाई परिचालन गर्न थप प्रोत्साहन गरिनेछ।