२ वर्ष पहिले
असार-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २० हजार ५० जना पुगेको छ ।
२४ घण्टामा १ हजार ८ सय ५२ जनाको पिसिआर परीक्षण गर्दा ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ५५ हजार ५ सय ५८ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा ९ सय ४६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख २६ हजार ७ सय ३५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ सय २९ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ सय २३ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ जना रहेको छ।
२४ घण्टामा १७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार ४ सय २६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू २ जना र भेन्टिलेटरमा शुन्य संख्यामा रहेको छ।