× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चोरीको मोटरसाईकल बेच्ने इच्छाकामनाका र किनेर प्रयोग गर्ने शहीदलखनका दुवैजना पक्राउ

    २ वर्ष पहिले

    असार -१४, चोरीको मोटरसाईकल बेच्ने चितवन इच्छाकामनाका र किनेर प्रयोग गर्ने गोरखा शहिद लखन गाउँपालिकाका दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ।

    गोरखाको शहीदलखन गाउँपालिका ४ जुद्धिटार स्थित सडकमा सोही ठाउँका ३४ वर्षिय लोकबहादुर थापाले चलाईरहेको मोटरसाईकल चेकजाँच गर्दा चोरीको भन्नेपुष्टि भएको प्रहरीले जनाएको छ ।

    चेकजाँचको क्रममा बिलबुक नभएपछि प्रहरीले अनुसन्धान अघि बढाएको डिएसपी लिलाराज लामिछानेले बताए । उनले उक्त मोटरसाईकल चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर ३ चुम्लिङटार बस्ने मनोज गुरुङ सँग खरिद गरेको बताएपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

    उक्त मोटरसाईकल गत बैशाख ९ गते चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ बाट हराएको खुल्न आएको डिएसपी लामिछानेले बताए । दुबै जनालाई इलाका प्रहरी कार्यालय खैरहनी पठाइएको छ ।