× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ६२ संक्रमित थपिए, निको हुनेको संख्या १९

    २ वर्ष पहिले

    असार-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २० हजार १ सय १२ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ८ जनाको पिसिआर परीक्षण गर्दा ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ५६ हजार १३ सय ५८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ६ सय १२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ११ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख २७ हजार ३ सय ४७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ सय ६१ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ सय ५६ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ जना रहेको छ।

    २४ घण्टामा १९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार ४ सय ४५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १ जना र भेन्टिलेटरमा शुन्य संख्यामा रहेको छ।