× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काठमाडौ‍ँ महानगरभित्र भिख माग्न निषेध

    २ वर्ष पहिले

    असार-१७, काठमाडौ‍ँ महानगरभित्र भिख माग्न निषेध गरिएको छ।काठमाडौँ महानगरपालिकाले सूचना जारी गरी महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा भिख माग्न निषेध गरेको हो।

    महानगरकाे सूचनाअनुसार बालबालिकालाई भिक्षा माग्न दुरुत्साहन नगर्न तथा नगराउन पनि आग्रह गरिएकाे छ।यद्यपि, साधुसन्त, जाेगीहरूले भने परम्पराअनुसार भिख माग्न पाउनेछन्।

    असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएकोले आश्रमको सेवा आवश्यक परेमा काठमाडौँ महानगरपालिका वा मानवसेवा आश्रममा सम्पर्क गर्न आग्रह गरेको सूचनामा बताइएकाे छ।