× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कालिका नगरपालिकाले योजना अलपत्र पार्ने १० ठेकेदारलाई कार्वाही गर्दै

    २ वर्ष पहिले

    असार -१८, कालिका नगरपालिकाले निर्माणाधीन योजनालाई वर्षाैंदेखि अलपत्र पार्ने १० ठेकेदारलाई अन्तिम स्पष्टीकरण सोधेको छ । पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआउने र काम अगाडि नबढाउने ठेकेदारलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

    योजना अलपत्र पार्ने ठेकेदारसँगको खरिद सम्झौता अन्त्य गरी बैंक जमानत जफत गर्ने र कालोसूचीमा राख्नका लागि लेखी पठाउने तयारी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमले बताए । उक्त कारबाही नगर्नुपर्ने कुनै कारण र आधार भए लिखित जानकारी गराउन भनिएको उनले बताए ।

    ‘चित्तबुझ्दो कारण र आधार प्राप्त नभए जमानत जफत गरी गर्न बाँकी कामको मूल्याङ्कन गरेर त्यसको क्षतिपूर्ति तिर्न लगाउँछौँ’, उनी भन्छन्, ‘कालोसूचीमा सूचीकृत गर्न खरिद अनुगमन कार्यालयलाई लेखी पठाउछौँ ।’ ठेकेदारहरुले एक वर्षभन्दा बढी समयदेखि अलपत्र पारेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

    अलपत्र पारिएका योजनाहरुमा नौवटा सडकका र एउटा कल्भर्टको रहेको छ । भरतपुर महानगरपालिका–१ को अर्भान कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको तीनवटा सडकका योजना अलपत्र पारेको हो ।

    त्यस्तै, भरतपुर–१० को अनेस्ट कन्स्ट्रक्सन, भरतपुर–११ को समृद्ध निर्माण सेवा, भरतपुर–१२ को प्रशंसा कन्स्ट्रक्सन, राप्ती नगरपालिका–७ को पाण्डे कन्स्ट्रक्सनले एक–एकवटा योजना अलपत्र पारेका छन् । रत्ननगरको सैयन कन्स्ट्रक्सनले दुईवटा र सेक्टर कन्सल्टेन्ट एण्ड डेभलपरले एउटा योजना अलपत्र पारेको गौतमले जानकारी दिए ।

    उनीहरुले तोकिएको अवधिमा सम्पन्न गर्नुपर्ने काम सम्पन्न नगरेको, निर्माणस्थल जिम्मा नलिई अलपत्र छाडेको र कार्यालय तथा प्राविधिकबाट पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको नगरपालिकाले बताएको छ ।