× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४० संक्रमित थपिए, निको हुनेको संख्या १९

    २ वर्ष पहिले

    असार-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २० हजार ३ सय ५४ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ८ सय ४७ जनाको पिसिआर परीक्षण गर्दा ३४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ६३ हजार ७ सय ७५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार १ सय ६३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ३३ हजार २ सय ४७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३ सय ४८ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ सय ४४ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ जना रहेको छ।

    २४ घण्टामा १९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार ५ सय ३५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ४ जना र भेन्टिलेटरमा १ जना रहेको छ।