× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनको भरतपुरमा असार २२ र २३ गते रोजगार मेला हुँदै

    २ वर्ष पहिले

    असार -२१,चितवनको भरतपुरमा भोलिदेखि पहिलो पटक जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले रोजगार मेला सुरु हुँदैछ ।

    भरतपुरको औद्योगिक प्रर्दशनी केन्द्रमा असार २२ र २३ गते दुई दिनसम्म चल्ने मेलालाई वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला भनिएको छ ।

    भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको मेलामा स्टल राख्न र प्रवेश गर्न निःशुल्क व्यवस्था गरिएको छ ।

    मेलामा ६० स्टल रहने छन् । मेलामारत्ननगर र भरतपुर महानगरको पाँच/पाँच लाख रहनेछ । १० हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा राखिएको मेलामा वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, मेलामा नै रोजगार प्राप्त गर्न सकिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।

    ‘एकातिर रोजगारी कहाँ पाइएला भनेर काम खोजिरहेको युवा बेरोजगारको पंक्ति र अर्कोतिर कामदारको अभाव झेलिरहेका व्यवसायीहरुलाई एकैठाउँमा भेटाउने मूल उद्देश्य मेलाको हो, यो देशमा नै पहिलोपटक भएको जस्तो लाग्छ,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘इच्छुक तर हातमा सिप नभएका युवालाई पनि हामी उनीहरुको रुची अनुसारको सिपमूलक तालिमका लागि छनौट गछौं ।’

    उनले महानगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको ‘रोजगार बैंक’को अवधारणाअन्तर्गतको कार्यक्रमका रूपमा रोजगार मेला सञ्चालन गर्न लागिएको बताए ।युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको उनको भनाइ छ ।

    मेलामा कुनै किसिमको आर्थिक कारोबार हुनेछैन । मेलाका लागि चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ चितवन, चितवन चेम्बर अफ कमर्स, होटल व्यवसायी महासंघ नेपाल लगायतका केही उद्योगी व्यवसायी आवद्ध संघसंस्थाले पनि सहयोग गरेका छन् ।