× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, अक्रमणकारी पक्राउ

    २ वर्ष पहिले

    असार -२४, जापानमा पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

    जापानको नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको थियो । ६७ वर्षीय पूर्व नेता घटनास्थलमै ढलेको र उनको घाँटीबाट रगत बगेको थियो ।उनको अवस्था निकै गम्भीर रहेको छ ।

    प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सोही सहर निवासी ४१ बर्षिया यामागाती तित्सुया रहेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ ।