× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    गोली लागी घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

    २ वर्ष पहिले

    जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको उपचारको क्रममा ६७ वर्षको उमेरमा निधन भएको छ । गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेको निधन भएको जापानका सञ्चारमाध्यमले जनाएका छन् । नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए । आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ६७ वर्षका सिन्जो आबे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता हुनु हुन्थ्यो । सन् २००६ देखि २००७ सम्म र सन् २०१२ देखि २० सम्म गरी नौ वर्षभन्दा लामो समय उहाँ जापानको प्रधानमन्त्री बन्नुभएको थियो । सन् २०२० मा स्वास्थ्यमा समस्या देखिएपछि उहाँले पद छाड्नुभएको थियो । युद्धपछिको जापानलाई समृद्ध बनाउन र सुनामीले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गर्न उहाँको ठूलो भूमिका रहेको छ ।