× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक

    २ वर्ष पहिले

    असार-२५, जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले आज (शनिबार) राष्ट्रिय शोक मनाइँदैछ । आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो।

    शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ साथै आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।