× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    दुई महिनाअघि चितवनमा दुईवटा ट्रकबाट कपडा लुटेर फरार भएका एक व्यक्ति पक्राउ

    २ वर्ष पहिले

    असार-२५, चितवनमा झण्डै दुई महिनाअघि दुई वटा ट्रकबाट डकैती गरेर कपडा लुटेर फरार भएका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं.१७ मोतीपुर बस्ने वर्ष २८ का सजिव ढुङगेल रहेका छन् । उनलाई आज दिउँसो चितवनको खैरहनी नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    गत वैशाख १४ गते वीरगञ्जबाट पोखरा हिडेको लत्ताकपडासहित धनमाल लोड गरि आएको ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नम्बरको ट्रकहरुलाई विहान करिव ८ः४० बजेको समयमा मुख्य राजमार्गबाट करिव २ किलोमिटर भित्र राप्ती नगरपालिका–१, नयाँबस्ती स्थित जंगलछेउमा पुर्याईएको थियो । त्यहाँ ट्रकबाट डाँका गरि लत्ताकपडालगायतका सामान दुई वटा योद्धा गाडीमा राखेर रत्ननगर नगरपालिका–१४, स्थित लौरीघोलमा लगेर लुकाएर राखिएको थियो ।

    सोही घटनाका फरार प्रतिवादी रहेका ढुंगेललाई प्रहरीले २ महिनापछि पक्राउ गर्न सफल भएको हो । ढुङगेल संलग्न रहेको उक्त डाँका मुद्दा यसअघि चितवन जिल्ला अदालतमा दायर भई सकेको अवस्था छ । ढुङगेलको नाउँमा अदालतबाट वारेन्ट, म्याद जारी भएकोले उनलाई असार २७ गते सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार २ वटा ट्रकमा ४७ लाख ५१ हजार ३ सय ५४ रुपैयाँ बराबरको लत्ताकपडा र अन्य सरसामानहरु रहेका थिए ।