२ वर्ष पहिले
असार-२८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २१ हजार ३ सय १ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ८ सय ५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ७६ हजार ५ सय ११ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ३ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ४३ हजार ७ सय ४२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८ सय ७३ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ८ सय ५३ रहेको छ भने संस्थागत आइसोलेसनमा २० जना रहेको छ।
२४ घण्टामा ४१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार ७ सय ६५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ११ जना र भेन्टिलेटरमा १ जना रहेको छ।