२ वर्ष पहिले
असार-२९ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २१ हजार ५ सय ७ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ८२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ७८ हजार ६ सय ७३ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ९३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २९ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ४४ हजार ८ सय ३५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९ सय ८४ रहेको छ भने संस्थागत आइसोलेसनमा २१ जना रहेको छ।
२४ घण्टामा ४५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार ८ सय १० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १२ जना र भेन्टिलेटरमा १ जना रहेको छ।