× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    केबुलकार नजिकैबाट ट्रक त्रिशुलीमा खस्यो, २ घाइते

    २ वर्ष पहिले

    असार ३१, मुग्लिन
    आज बेलुकी मनकामना केबुकार नजिकै ट्रक दुर्घटना हुदा २ जना घाइते भएका छन् । काठमाण्डौबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ८६७१ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

    पृथ्वीराजमार्ग अन्तगरत चितवनको इच्छाकामना गाउपालिका वडा नं. ४ स्थित केबुलकार नजिकै सडकबाट ट्रक १५० मिटर तल त्रिशुली नदि किनारमा खसेर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी नायव निरिक्षक विरेन्द्र महतले जनाएका छन् ।

    दुर्घटना परी घाइते हुनेमा ट्रक चालक बर्दिया जिल्ला बाँसगडी नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३६ का दिल बहादुर चौधरी र सहचालक सोही स्थानका वर्ष २४ को सागर चौधरी रहेको प्रहरीले जनाएको छ ।