× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    देशभरका पहाडी भू-भागको केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २ वर्ष पहिले

    असार -३२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभरका पहाडी भू-भागको केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका आंशिक देखि सामान्यता बदली रहि ति प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै,राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।