× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौं, चितवन लगायत २७ जिल्लाका ५ वर्ष देखि १२ बर्ष मुनिका बालबालिकालाई भोलिदेखि कोरोना विरुद्धको दोस्रो मात्रा खोप दिइने

    २ वर्ष पहिले

    साउन-१, काठमाडौं, चितवन लगायत देशको २७ जिल्लाका ५ वर्ष देखि १२ बर्ष मुनिका बालबालिकालाई भोलिदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँच देखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने भएको हो ।

    सोमबारदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।दोस्रो मात्रा खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लैजानुपर्ने छ ।

    भोलि देखि दोस्रो मात्राको खोप दिइने प्रदेश १ का झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर जिल्लामा दोस्रो मात्रा खोप दिइने छ।

    यसैगरी, गण्डकी प्रदेशका कास्की र नवलपुर, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर र डडेल्धुरामा खोप अभियान चलाइने मन्त्रालयले जनाएको छ।

    बाँकी जिल्लामा भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने सरकारको तयारी छ।