× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कस्तो हुनेछ आजको मौसम?

    २ वर्ष पहिले

    साउन-२,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनको न्युन चापिय रेखा सरदर स्थान भन्दा दक्षिण तिर अवस्थित रहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै,राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।