× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा मानव वेचबिखन तथा ओसार पसार को आरोपमा होटल सञ्चालक पक्राऊ

    २ वर्ष पहिले

    साउन-२, मानव वेचबिखन तथा ओसार पसार को आरोपमा चितवनमा एक होटल सञ्चालक पक्राऊ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको अनुसार मिति २०७९।०३।३१ गते वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोलीले चितवन भ.म.न.पा. वडा नं. १ रहेको कल्पना होटल एण्ड गेष्ट हाउसका संचालक जिल्ला तनहुँ पोखरीभञ्याङ गा.बि.स. वडा नं. ०५ बस्ने बर्ष ४० की कल्पना महराले बर्ष २२ की एक युवतिलाई ललाई फकाई अनैतिक कार्य गराई मानव बेचबिखन तथा ओसार पसारको कार्य गरेको हुनाले निजलाई पक्राउ गरिएको हो।

    प्रहरी कार्यालयले चितवन जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसार पसार मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जनाएको छ।