× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विद्युत प्राधिकरण भरतपुरका प्रमुख राजीव सिंह प्रहरी कार्यालयमा हाजिर

    २ वर्ष पहिले

    साउन-३, नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंह आफै प्रहरी कार्यालयमा हाजिर भएका छन्।

    पत्रकार कुटपिटको घटनामा सिंहसहित ८ जना कर्मचारीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएपछि सिंह गए राति जिल्ला प्रहरी कार्यालय भरतपुरमा हाजिर भएका हुन् । सिंहसँग घटनाको विषयमा आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार नै सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी फरार भएका थिए ।

    उनलाई तत्काल पक्राउ गर्न नेपाल पत्रकार महासंघलगायत सम्बद्ध संघसंस्थाहरुले विज्ञप्ती जारी गर्दै पक्राउ गर्न माग गरेका थिए । सिंह प्रहरी कार्यालयमस हाजिर भएसँगै आठ जना नै प्रहरी हिरासतमा छन् ।