× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३० पुग्यो

    २ वर्ष पहिले

    साउन-७,चितवनमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमित थपिएका छन् ।आज शनिबार थपिएका ४ संक्रमितहरु भरतपुर महानगरपालिकाका रहेका छन्।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार २२ पिसिआर परीक्षण हुँदा ४ जनामा संक्रमण देखिएको हो।

    हालसम्म चितवनमा सक्रिय सङ्कमितको संख्या ३० पुगेको छ ।जसमध्ये भरतपुर महानगरपालिकाको २७, राप्तीको १ र कालिका नगरपालिकाको २ जना रहेका छन्।

    संक्रमित मध्ये २ जना भरतपुर अस्पतालमा उपचाररत छन् भने २८ जना होम आइसोलेसनमा रहेका छन्।