× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भरतपुर अस्पतालमा आजदेखि ओपिडी टिकट निःशुल्क

    २ वर्ष पहिले

    साउन-८, चितवनको पुरानो र प्रदेशस्तरीय सरकारी अस्पताल भरतपुर अस्पतालले नेपालमै पहिलोपटक ओपिडी टिकट निःशुल्क गरेको छ ।

    भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज साउन ८ गतेदेखि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउने सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो ।

    भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै ओपिडी टिकट निःशुल्क गरिएको जानकारी दिए । उनले यो सुविधा नेपालमै पहिलो भएको बताउँदै विदेशमा पनि टिकटमै निःशुल्क भन्ने आफूले नसुनेको बताए ।

    यसअघि भरतपुर अस्पतालमा ओपिडी टिकटको ३० रुपैयाँ शुल्क लिँइदै आएको थियो । अस्पतालको सो निर्णयले गरिब तथा विपन्न व्यक्तिहरुको लागि राहत पुग्ने र टिकटबाट प्राप्त हुने शुल्क समितिले बेहोर्ने प्राडा पौडेलले बताए । सर्वसाधारणलाई राज्यबाट राहतको अनुभूति पनि हुने र टिकटकै कारण बिरामी रोकिनु नपरोस् भनेर सो निर्णय गरिएको प्राडा. पौडेलले बताए ।

    भरतपुर अस्पतालमा आइतबार अन्य बारभन्दा बढी भीडभाड हुनेगर्छ । दैनिक औसत १५ सय बिरामीको भीड हुने भरतपुर अस्पतालमा कोरोना सङ्क्रमण तथा अन्य सङ्क्रामक रोग बढ्न नदिन र बिरामीलाई भीडभाडबाट टाढै राख्न परीक्षणका रुपमा ओपिडी शुल्क निःशुल्क गरिएको हो ।