× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बागमती प्रदेश सरकारले यात्रुवाहक सवारी साधनको भाडादर ८.३९ प्रतिशत भाडावृद्वि गर्यो

    २ वर्ष पहिले

    साउन-८, बागमती प्रदेश सरकारले यात्रुवाहक सवारी साधनको भाडादर ८.३९ प्रतिशत भाडावृद्वि गरेको छ । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौँदेखि नारायणगढसम्मको भाडा रु ४५० तोकेको छ ।यस्तै, काठमाडौँ हेटौँडाको भाडा ६६४ रुपैयाँ तोकिएको छ ।

    चितवनको रामपुर बजारदेखि काठमाडौँसम्मको भाडा ४७८ रुपैयाँ कायम गरिएको छ । नारायणगढदेखि धादिङवेँसीसम्म ३११ रुपैयाँ कायम गरिएको छ । काठमाडौँदेखि कुरिनटार (मनकामना केवलकार ) सम्म ३०७ रुपैयाँ तोकिएको छ ।

    सहरी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा ०–५ कि.मि. सम्म २० रुपैयाँ कायम रहेको श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडा, मकवानपुरका प्रमुख हरिहर पोख्रेलले बताए । यसैगरि ०–१० कि.मि. सम्म २७, ०–१५ कि.मि. सम्म ३२, ०–२० कि.मि. सम्म ३५, २० कि.मि. भन्दा माथि ४० कायम रहेको छ ।