× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा भन्सार छली ल्याएको ४२० बोरा चिनी सहित ट्रक र ट्रक चालक पक्राउ

    २ वर्ष पहिले

    साउन-८, चितवनको खैरहनी पर्सामा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको ४२० बोरा चिनी लोड भएको ट्रक तथा ट्रकका चालकलाई प्रहरीले पक्राऊ गरेको छ।

    ईलाका प्रहरी कार्यालय खैरहनी चितवनबाट प्र.नि.अनोज बि.क को कमाण्डमा खटिएको प्रहरी टोलीले सुराकीको आधारमा आज आइतबार चितवन खैरहनी न.पा.वडा नं.६ पराजुली खाध उधोग अगाडी रोकी राखेको लु २ ख १०३२ नम्वरको ट्रकलाई चेकजाँच एवं खानतलासी गर्दा प्रति बोरा ५० किलो भएको ४२० वोरा चिनी भन्सार छली ल्याएको फेला परि चिनी सहीतको ट्रक तथा ट्रकका चालकलाई पक्राउ गरेको हो।

    उक्त राजश्व छली गरी ल्याएको १८ लाख ६९ हजार रुपैयाँ बराबर मुल्यको चिनी सहितको ट्रक तथा ट्रकका चालकलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।