× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    फिलिपिन्समा ७.१ म्याग्निट्यूडको भूकम्पः भुइँचालोले ठूलो क्षति पुगेको अनुमान

    २ वर्ष पहिले

    साउन-११, फिलिपिन्सको अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु बनाएर ७.१ म्याग्निट्यूडको भूकम्प गएको छ।

    स्थानीय समयानुसार बिहान ८ बजेपछि आएको शक्तिशाली भूकम्पका कारण ठूलो क्षति पुगेको अनुमान गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसिले जनाएको छ।

    भूकम्पले भवनहरू भत्किएका छन् भने ठाउँठाउँमा पहिरो गएको छ।भूकम्पको धक्का ३०० किलोमिटर दक्षिणमा अवस्थित राजधानी मनिलासम्म महसुस भएको विवरणहरू आएका छन्।

    भूकम्पपछि संसद् भवनबाट केही व्यक्तिहरूलाई उद्धार गरिएको थियो।उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको बताइएको छ।

    उक्त क्षेत्रमा एउटा अस्पतालको केही भाग भत्किएको छ भने धेरै भौतिक संरचनाहरूमा क्षति पुगेको विवरणहरू आएका छन्।

    भूकम्पबाट भवनहरू क्षति पुगेको तस्बिरहरू सञ्चारमाध्यममा सार्वजनिक भएका छन्। सडकहरू पनि चर्किएका छन्।एउटा अस्पतालको भवनमा आंशिक क्षति पुगेपछि त्यहाँबाट सबै जनालाई बाहिर निकालिएको छ।

    तर अहिलेसम्म कति जना हताहत भए भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी आइसकेको छैन।

    स्थानीथ अधिकारीहरूले भूकम्पपछि साना परकम्पहरू आइरहेको बताएका छन्।’प्यासिफिक रिङ अफ फायर’ भनिने क्षेत्रमा अवस्थित फिलिपिन्समा विभिन्न किसिमका प्राकृतिक प्रकोपहरू भइरहन्छन्।