× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज एकैदिन १३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५३

    २ वर्ष पहिले

    साउन-११, चितवनमा आज (बुधबार) एकैदिन १३ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ३५ पिसिआर परीक्षण हुँदा १३ जनामा संक्रमण देखिएको हो।

    आज थपिएका १३ संक्रमितहरु मध्ये ११ जना भरतपुर महानगरपालिकाको र एक एकजना रत्ननगर नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको रहेको छ।

    चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ५३ पुगेको छ ।जसमध्ये भरतपुर महानगरपालिकाको ४७ , कालिका नगरपालिकाको २ जना, माडी, रत्ननगर तथा राप्ती नगरपालिकाको एक एकजना र इच्छाकामना गाउँपालिकाको १ जना रहेका छन्।

    संक्रमित मध्ये २ जना अस्पताल तथा ५१ जना होम आइसोलेसनमा रहेका छन्।