× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनका दुई विधालयलका २ विधार्थीले ल्याए ४ जिपिए

    २ वर्ष पहिले

    साउन-११, २०७८ सालको एसइई परीक्षामा चितवनका दुई विधालयलका २ विधार्थीले ४ जिपिए ल्याएका छन्।

    नारायणी नमुना माविका विद्यार्थी प्रशान्त अधिकारी तथा वाल्मीकि शिक्षा सदनका सनिश सापकोटाले ४ जिपिए ल्याउन सफल भएका हुन्।

    नारायणी नमुना माविका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले ४ जिपिए ल्याएका प्रशान्त नै नेपाल प्रथम भएको दाबी गरेका छन् । उनका अनुसार सबै विषयमा प्रशान्तले ४ जिपिए ल्याएका छन् ।

    यसैगरी वाल्मीकि शिक्षा सदनका प्रिन्सिपल प्रदीप पौडेलले ४ जिपिए ल्याएका सनिश नै निजी क्षेत्रको विद्यालयबाट नेपाल प्रथम भएको दाबी गरेका छन् । उनका अनुसार सबै विषयमा सनिशले ४ जिपिए ल्याएका छन् ।