× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मिरुना फुर्वा बिबाद मा नयाँ ट्वीस्ट, फुर्वाद्वारा गाली बेइज्जती कुटपिट गरेको भन्दै मुद्दा दायर

    २ वर्ष पहिले

    साउन-१२, अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङको साम्य भएको विवादमा मा नयाँ ट्वीस्ट आएको छ।फुर्वाले मिरुना विरुद्ध गाली बेइज्जती र कुटपिट गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

    फुर्वाले अभिनेत्री मिरुनासहित प्राविधिक पृथ्वीसिंह ठकुरीलाई विपक्षी मुद्दा दायर गरेका छन् । फुर्वाले मिरुनाविरुद्ध मुद्दा दायर गरेपछि मिलापत्र गरेर सामसुम भएको भनिएको घटना फेरि बल्झिएको छ ।

    कबड्डी-४ को प्रदर्शनका क्रममा सिभिल मलस्थित हलमा दर्शकसँग साक्षत्कार गर्न जाँदा ‘ब्याड टच’ गरेको भन्दै मिरुनाले पुर्वालाई झापड हानेकी थिइन् ।

    त्‍यसपछि प्रहरीले फुर्वालाई पक्राउ गरेको थियो भने मिरुनाकै आग्रहमा केही दिनमै उनी छुटेका थिए । त्यसपछि दयाहाङ राईसहितका साझीहरूको रोहबरमा मिलापत्र गरेको कागज सार्वजनिक भएको थियो ।

    मिरुनाले गल्ती स्वीकारेपछि भाइ सम्झेर माफी दिएको मगरले बताएकी थिइन् । यता फुर्वाले भने मिरुनाले आफ्नो भविष्य खराब हुने भन्दै आग्रह गरेपछि आफूले मेलमिलाप गरेको बताएका थिए ।