× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राष्ट्रिय सभाबाट नागरिकता ऐन संशोधन विधेयक पारित

    २ वर्ष पहिले

    साउन-१२,राष्ट्रिय सभाबाट नेपाल नागरिकता ऐन (पहिलो संशोधन) विधेयक सर्वसम्मतले पारित भएको छ । राष्ट्रिय सभाको बिहीबार बसेको तेस्रो बैठकबाट नागरिकता विधेयक पारित भएको हो ।

    बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विधेयकमाथि दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै छलफल अघि बढेको थियो।

    संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधन प्रस्तावमा धारणा राखिसकेपछि गृहमन्त्री खाँणले जवाफ दिएका थिए। यो विधेयकमा ३२ जना सांसदहरुले ७ समूहमा संशोधन प्रस्ताव दर्ता गराएका थिए।

    राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बहुमतले पारित भएको जानकारी सदनलाई गराएका हुन् ।

    हालै प्रतिनिधिसभाबाट पारित भइसकेको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ।