२ वर्ष पहिले
साउन-१३, चितवनमा आज (शुक्रबार) १३ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ३३ पिसिआर परीक्षण हुँदा ९ जना र १२ एन्टीजन परीक्षण हुँदा ४ जनामा संक्रमण देखिएको हो।
आज थपिएका १३ संक्रमितहरु मध्ये ११ जना भरतपुर महानगरपालिका र एक एकजना रत्ननगर तथा खैरहनी नगरपालिकाको रहेको छ।
चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ६२ पुगेको छ ।जसमध्ये भरतपुर महानगरपालिकाको ५३, कालिका नगरपालिकाको २ , रत्ननगर नगरपालिकाको ३, राप्ती, माडि, खैरहनी नगरपालिका एवं इच्छाकामना गाउँपालिकाको एक एकजना जना रहेका छन्।
संक्रमित मध्ये ५ जना अस्पताल तथा ५७ जना होम आइसोलेसनमा रहेका छन्।