× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४ सय ३८ संक्रमित थपिँदा दुई जनाको मृत्यु

    २ वर्ष पहिले

    साउन-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २८ हजार २ सय ६२ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ७ सय ७९ जनाको पिसिआर परीक्षण गर्दा २ सय ९२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख १३ हजार ९ सय ३० जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा १ हजार ९ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ४६ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ७६ हजार ८ सय ६६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ६९ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार २ सय १८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ५१ जना रहेको छ।

    २४ घण्टामा २ सय ७७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७० हजार २ सय ६५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३३ जना र भेन्टिलेटरमा ४ जना रहेको छ।