× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इलाका प्रहरी मुग्लिनद्धारा समसामायिक विषयमा अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न

    २ वर्ष पहिले

    श्रावण १४, मुग्लिन
    हर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ इलाका प्रहरी कार्यालय मुग्लिन र सामुदायिक सेवा केन्द्रले संयुक्त रुपमा मुग्लिनका स्थानीयहरुसंग समसामायिक विषयमा अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न गरेको छ । इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा इच्छाकामना गाउपालिका वडा नं. ५ को अध्यक्ष तेज बहादुर शेरचन, निवर्तमान वडाध्यक्ष मोदराज सिलवाल, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसस्थाका प्रतिनिधि, बुद्धिजीवि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । गाउपालिकाकी उपाध्यक्ष माया सिलवालले समाजलाई सुरक्षित र अपराध मुक्त बनाउन स्थानीय सबैले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।


    पछिल्लो समयमा पालिका भित्र चोरी, डकैति, लगाएतका विभिन्न घटनाको गुनासोहरु बढी आएकोले सचेतनाको लागि कार्यक्रमको आयोजना गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक सुन्जित तामाङले बताए । त्यस्तै उहाँले जनता सबै बर्दी विनाको प्रहरी भएकोले अपराधहुन नदिन सबै सचेत हुनुपर्ने बताए ।


    कार्यक्रममा कर्तव्यनिष्ठ महिला समाज मुग्लिनका अध्यक्ष श्रीजना बस्यौला देवकोटा, सिर्जनशिल महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष सावित्री पुडासैनी लगाएतका बक्ताहरुले समाजमा भएका व्यथिति र अपराधन न्युनिकरणका लागि प्रहरीले गर्नुपर्ने भुमिकाबारे जानकारी गराएका थिए । त्यस्तै बजार तथा राजमार्गको निगरानी राख्न ठाउठाउमा सिसि क्यामेरा राख्नुपर्ने, नियमित रुपमा प्रहरीको गस्ती हुनुपर्ने, सवारी नियम मिचेर सवारी चलाउने सवारी चालकहरुलाई कार्वाही गर्नुपर्ने लगाएतका विषयमा अधिकांश बक्ताहरुले धाराणा व्यक्त गरेका थिए ।