× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ६ सय २० संक्रमित थपिँदा एक जनाको मृत्यु

    २ वर्ष पहिले

    साउन-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय २० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २८ हजार ८ सय ८२ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ६ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ९६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख १६ हजार ५ सय ८१ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा ३ हजार १ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय २४ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ८० हजार ६१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ६७ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार ४ सय २४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ४३ जना रहेको छ।

    २४ घण्टामा २ सय ९७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७० हजार ६२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.९३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३३ जना र भेन्टिलेटरमा ५ जना रहेको छ।