× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अरनिको राजमार्गमा २० मिटर सडक भासियो, चीनतर्फकाे सवारी आवागमन रोकियो

    २ वर्ष पहिले

    साउन-१६, अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ ।

    सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

    सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।