× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज १५ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ७० पुग्यो

    २ वर्ष पहिले

    साउन-१६, चितवनमा आज (सोमबार) १५ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ६० पिसिआर परीक्षण हुँदा १५ जनामा संक्रमण देखिएको हो।

    आज थपिएका संक्रमित मध्ये १४ जना भरतपुर महानगरपालिकाको र १ जना रत्ननगर नगरपालिकाको रहेका छन्।

    चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ७० पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ६२, रत्ननगर नगरपालिकाको ४, राप्ती, माडि, खैरहनी नगरपालिका एवं इच्छाकामना गाउँपालिका को एक एकजना जना रहेका छन्।

    संक्रमित मध्ये ३ जना अस्पताल तथा ६७ जना होम आइसोलेसनमा रहेका छन्।