× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन-नारायणगढ सडकखण्डको दुई ठाँउमा पहिरो खस्दा सडक अबरुद्ध

    २ वर्ष पहिले

    साउन-१७,लगातारको बर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डको दुई ठाँउमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।

    भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । केराबारीमा लेदोसहितको पहिरो खसेको छ भने १७ किलोमा रुख समेत ढलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    राती ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण विहानबाट मात्रै पन्छाउन सुरु गरिएको छ । पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएका छन् । ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।