× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भारी वर्षा भइरहेकोले सर्वसाधारणलाई सतर्कता अपनाउन चितवन प्रशासनको आग्रह

    २ वर्ष पहिले

    साउन-१७, चितवन जिल्ला लगायत छिमेकी जिल्लामा भारी वर्षा भइरहेकोले नारायणी, राप्ती,रिऊ नदी लगायत अन्य खोलाको सतह खतराको तह नजिक पुग्न लागेको हुनाले उक्त क्षेत्रका बासिन्दा तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रशासकीय अधिकृत आन्नदआन्नद वंश न्यौपानेद्वारा जारी गरिएको सूचनामा नारायणी, राप्ती, रिउमा पानीको सतह बढेको हुनाले सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरिएको छ । सूचनामा भनिएको छ, ‘लगातार वर्षाका कारण कटान, डुबान, बाढीपहिरो आउन सक्ने भएकाले उच्च जोखिममा रहेका बासिन्दाहरु सतर्कता अपनाइ सुरक्षित रहन आग्रह गर्दछौँ ।’ नदी तथा खोलाहरुमा पानीको सतह बढिरहँदा माछा मार्न, काठदाउरा बटुल्न वा पौडी खेल्न नजान सबैमा चितवन प्रशासनले आग्रह गरेको छ ।

    यसैगरी चितवनको भरतपुर-२९ तथा इच्छाकामना गाउँपालिका अन्तर्गतको मुग्लिन नारायणगढ सडकखण्डमा पहिरय गई सडक अवरुद्ध भएकोले यात्रा गर्नु परेमा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।

    मनसुनजन्य विपद्को कुनै घटना घटेमा तत्काल सुरक्षा निकाय, स्थानीय तह/वडा कार्यालय, नेपाल प्रहरी को १०० नम्बर वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (९८४४२०८८८८) मा जानकारी गराउन अनुरोध गरिएको छ ।