× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आँबुखैरेनी- गोरखा सडक खण्ड पहिरोका कारण अवरुद्ध

    २ वर्ष पहिले

    साउन-१७,आँबुखैरेनी- गोरखा सडक खण्ड अन्तर्गत मजुवामा पहिरोका कारण अवरुद्ध भएको छ । आज दिउँसो १२ः५० मा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    यस अघि पनि पहिरो बगेको उक्त ठाउँमा माथिबाट पहिरो खसेर सडक बन्द भएको हो । आँबुखैरेनीबाट गोरखा आउँदै गरेका र गोरखाबाट आँबुखैरेनी तर्फ जाँदै गरेका सवारी साधन बिचमै रोकिएका छन् ।

    सडक डिभिजन कार्यालय सँगको समन्वयमा अहिले बाटो खुलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । ‘अहिले बाटो पूर्ण बन्द छ’ उनले भने ‘ पहिरो पनि खसिरहेको छ ।’