× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अबरुद्ध मुग्लिङ्ग–नारायणगढ सडक पूर्ण रुपमा सुचारु

    २ वर्ष पहिले

    श्रावण १७, मुग्लिन
    अविरल वर्षासंगै आएको लेदोसहितको पहिरोले अबरुद्ध बनेको मुग्लिन नारायणगढ सडक सञ्चालनमा आएको छ । सोमबार राति देखि अबरुद्ध राजमार्ग २३ घण्टापछि सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नं. २९ स्थित केराबारीमा लेदो सहित आएको पहिराले सडक ढाँकिदा सयौ सवारीसाधन जाममा परेको थियो । सडक डिभिजन कार्यालय भरतपुरको ३ वटा लोडर, १ वटा स्काभेटर र १ वटा व्याक्हुको प्रयोग गरेर उक्त पहिरो हटाएको हो । पहिरो हटाएपछि मुग्लिन नारायणगढ सडकमा रोकिएका सवारी साधनहरु आफ्नो गन्तव्यस्थल तर्फ लागेका छन् । त्यस्तै नौविसे मुग्लिन र मुग्लिन पोखरा सडक खण्डको विभिन्न ठाउमा खसेको पहिरो सबै हटाएर यातायात सञ्चालनमा रहेका छ ।