× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ७ सय ६० संक्रमित थपिँयो, सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २

    २ वर्ष पहिले

    साउन-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ३२ हजार ६ सय १३ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ५ सय ८२ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ९४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख २८ हजार ७ सय ८ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा ३ हजार ३ सय ३७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ६६ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ९१ हजार १ सय ८६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार ४ सय ४० रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ६२ जना रहेको छ।

    २४ घण्टामा ३ सय २४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७१ हजार २ सय ५० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ४४ जना र भेन्टिलेटरमा शुन्य संख्यामा रहेको छ।