× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अबरुद्ध मुग्लिन नारायणगढ सडक खुल्यो

    २ वर्ष पहिले

    श्रावण २०, मुग्लिन
    लेदो सहितको पहिरोका कारण अबरुद्ध बन्न पुगेको मुग्लिन नारायणगढ सडक खुलेको छ । राति करिब २ बजेबाट अबरुद्ध बन्न पुगको सडक करिब ६ घण्टा पछि सम्पुर्ण पहिरो हटाइ यातायात सञ्चालनामा आएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरिक्षक शैलेन्द्र प्रसाद यादबले जानकारी दिएका छन् ।

    पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरको १ वटा लोडर र १ वटा स्काभेटरको प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका वडा नं. २९ केराघारी स्थित मौरी पुलमा लेदो सहितको पहिरोले गर्दा राजमार्ग पटक पटक अबरुद्ध हुदै आएको छ । वर्षाको समय पटक–पटक पहिरो जाने र राजमार्ग अबरुद्ध भइरहने भएकोले सडकको अबस्था जानकारी लिएरमात्र यात्रा गर्न जिल्ला ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।