× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आजपनि सुन भाउ ह्वात्तै बढ्यो, चाँदीको सामान्य वृद्धि

    २ वर्ष पहिले

    साउन-२०, आज (शुक्रबार)पनि सुनको भाउ ह्वात्तै बढेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९६ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १२ सय २० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय १० रूपैयाँमा कारोबार भएको थियोे।