× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज १६ कोरोना संक्रमित थपिए, भरतपुर कोरोनाको हटस्पट बन्दै

    २ वर्ष पहिले

    साउन-२०, चितवनमा आज (शुक्रबार) १६ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ५५ पिसिआर परीक्षण हुँदा १५ र ३ एन्टीजन परीक्षण गर्दा १ जनामा गरि जम्मा १६ जनामा संक्रमण देखिएको हो।

    आज थपिएका १६ संक्रमित सबै भरतपुर महानगरपालिकाको रहेकाे छन्।

    चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ७९ पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ७१, रत्ननगर नगरपालिकाको ५, खैरहनी नगरपालिकाको ४ जना र राप्ती नगरपालिकाको एकजना रहेका छन्।

    संक्रमित मध्ये ३ जना अस्पताल तथा ७६ जना होम आइसोलेसनमा रहेका छन्।