× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    साउन-२२, आज (आइतबार) कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९६ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ५ रूपैयाँ कायम भएको छ। अघिल्लो शुक्रबार चाँदी प्रतितोला १२ सय २० रूपैयाँमा कारोबार भएको थियोे।