× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनामा २८ जनाको एन्टिजन परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि

    २ वर्ष पहिले

    साउन-२४, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा २८ जनाको एन्टिजन परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि कोरोना भएको छ।

    इच्छाकामना गाउँपालिकाको स्वास्थ्य शाखाका ल्याव टेक्निसियन सम्पूर्ण श्रेष्ठले दिएको जानकारी अनुसार साउन १५ गतेदेखि आज(मंगलबार) सम्ममा २८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो।

    कोरोना पुष्टि भएका मध्ये इच्छाकामना गाउँपालिका वडा नं ३ को ३ जना, वडा नं ४ को ७ जना (चितवन रत्ननगर नगरपालिका निवासी हाल इच्छाकामना ४ मा बसोबास गरेको १ जना समेत), गोरखा गण्डकी गाउँपालिकाको र धादिङको रोराङ गाउँपालिकाको एक एकजना जना रहेका छन्।

    कोरोना संक्रमित सबैजना होम आइसोलेसनमा रहेका छन्।