२ वर्ष पहिले
साउन-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ३७ हजार ६ सय ३० जना पुगेको छ ।
२४ घण्टामा ३ हजार ६ सय १४ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ९६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ४५ हजार ६५ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ३ हजार ९१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ७२ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ८ हजार १ सय ४७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार ६ सय ७१ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय १४ जना रहेको छ।
२४ घण्टामा ४ सय १४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७३ हजार ८ सय १९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ७७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ६४ जना र भेन्टिलेटरमा ७ जना रहेको छ।