× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८ सय १५ संक्रमित थपिँदा ५ जनाको मृत्यु

    २ वर्ष पहिले

    साउन-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ३८ हजार ४ सय ४५ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ४ सय ११ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ४७ हजार ४ सय ७६ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार १ सय २३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ५० जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख १० हजार २ सय ७० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार ६ सय ७७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ९२ जना रहेको छ।

    २४ घण्टामा ४ सय ७६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७४ हजार २ सय ८५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ६० जना र भेन्टिलेटरमा ८ जना रहेको छ।