× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    समाजवादमाथि बहससँगै नमोबुद्द घोषणापत्र सार्वजनिक

    २ वर्ष पहिले

    साउन-२६, अखिल नेपाल लेखक सङ्घ , वाग्मती प्रदेश समितिको आयोजनामा प्रा. डा. राजनप्रसाद पोखरेलद्वारा प्रस्तुत “नेपाली मौलिकता सहितको समाजवादी समाजबारे ” विषयक कार्यपत्र माथिको बहस तथा ” समाजवादी साहित्य चिन्तनसम्बन्धि नमोबुद्द घोषणापत्र सार्वजनिक ” कार्यक्रम सम्पन्न भएको छ।

    सङ्घका वाग्मती प्रदेश समितिका अध्यक्ष अगिब बनेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनसांस्कृतिक महासङ्घ , नेपालका इञ्चार्ज डा. गोपाल ठाकुरको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा कार्यपत्र प्रस्तोता प्रा. डा.राजनप्रसाद पोखरेल , टिप्पणीकार डी. पी. ढकाल , प्रगतिशील लेखक सङ्घ , नेपालका अध्यक्ष डा. मधुसूदन गिरी , प्रगतिशील लेखक सङ्घ , नेपालकी कोषाध्यक्ष बाबा बस्नेत , जनसांस्कृतिक महासङ्घ , नेपालका उपाध्यक्ष द्वय देवेन्द्र थुम्केली र केशव सिलवाल , अखिल नेपाल लेखक सङ्घका अध्यक्ष डा. धनप्रसाद सुवेदी , पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतम लगायतको आतिथ्यता रहेको थियोे ।

    कार्यक्रममा लेखक तथा सहप्राध्यापक भीमनाथ रेग्मी , समालोचक डा. बालकृष्ण अधिकारी , तेजविलास अधिकारी , डा. विष्णु दाहाल , कवि प्रथा , साहित्यिक पत्रकार चेतनाथ धमला , कवि तथा समालोचक डा. कौशिला रिसाल , किन्दर राई , शेखर अर्याल , कलाकार विश्व दोङ , कृष्णकिसु , पत्रकार डिल्लीरमण सुवेदी , कवि मिसन अधिकारी , सन्तोष सिम्खडा , रमेश खतिवडा , राजेन्द्र फुयाल , श्रीकृष्ण भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

    प्रा. डा. पोखरेलको कार्यपत्रमाथि लेखक तथा मार्क्सवादी चिन्तक डी. पी. ढकालले टिप्पणी गर्नुभएको थियोे । छलफलमा डा. धनप्रसाद सुवेदी , डा. बालकृष्ण अधिकारी , भीमनाथ रेग्मी , केशव सिलवाल , चेतनाथ धमला लगायतले भाग लिनुभएको थियो ।

    तेजविलास अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनसांस्कृतिक महासङ्घ , वाग्मती प्रदेश समितिका अध्यक्ष विश्व दोङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियोे भने प्रगतिशील लेखक सङ्घ , नेपालकी कोषाध्यक्ष बाबा बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।