× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनमा यो बर्ष गाईजात्राको रौनक बढ्यो

    २ वर्ष पहिले

    साउन-२७, चितवनको इच्छाकामना ५ मुग्लिनका नेवार समुदायहरुले धुमधामकासाथ गाईजात्रा पर्व मनाएका छन् । यो वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै मुग्लिनमा गाईजात्रा पर्व मनाएका हुन् ।

    मुग्लिनका नेवार समुदायले आफन्त गुमाएकाहरुले घरघरबाट गाई सिङ्गारेर जात्रा निकालेका छन् । परिवारका सदस्य सहित आफन्त छिमेकी सहित जात्रामा सहभागिता जनाएको थिए ।

    नेवार गुठी समाज मुग्लिनको संयोजनमा भएको जात्रामा आफ्नो समाजमा आबद्ध मुग्लिनका छुट्टाछुट्टै २ मृतकको घरको मूलढोका अगाडि गाई बनाएर क्रियापुत्रद्वारा सङ्कल्प गराई विधि विधान अनुसार दुवै घरबाट लाखे नाच, घोडा नाच सहित बजार परिक्रमा गराएका थिए।

    बजार परिक्रमाको क्रममा नेवार समुदायको घर घरबाट जात्रामा सहभागीलाई फलफूल, रोटी,कोक चिउरा बाडेका थिए। बजार परिक्रमा पश्चात गाईलाई विधि विधानअनुसार त्रिशुली नदीमा सेलाएका थिए।

    यसरी बजार परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

    ‌‌‌विगत दुई वर्ष कोभिड महामारीका कारण मुग्लिनमा खासै रौनक थिएन । तर विगतको तुलनामा यो वर्ष गाईजात्रा रौनक बढेको हो । जात्रामा नेवार समुदाय मात्र नभएर सबै जातजाति सहभागी थिए।