× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज ७ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ८९ पुग्यो

    २ वर्ष पहिले

    साउन-२८, चितवनमा आज (शनिबार) ७ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ४९ पिसिआर परीक्षण हुँदा ६ र २ एन्टीजन परीक्षण गर्दा १ जनामा गरि जम्मा ७ जनामा संक्रमण देखिएको हो।

    आज थपिएका ७ संक्रमित सबै भरतपुर महानगरपालिकाको रहेको छ।

    चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ८९ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ६५, रत्ननगर नगरपालिकाको ३, खैरहनी नगरपालिकाको ११, कालिका नगरपालिकाको एकजना र ईच्छाकामना गाउँपालिकाको ९ जना रहेका छन्।

    संक्रमित मध्ये ५ जना अस्पताल तथा ८४ जना होम आइसोलेसनमा रहेका छन्।